कैदीबन्दीको मृत्यु

दाङ, २९ जेठ ।

कारागार कार्यालय प्युठानमा एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ निवासी ७० बर्षिय खगिराम रामजाली मगर रहेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा कारागार कार्यालय प्यूठानमा बसेका रामजालीको बुधवार राती एक्कासी छाति दुख्ने समस्या भएपछि जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा राती नै निधन भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया