क्वारेन्टाइनबाट महिला भागेपछि खोज्दै प्रहरी

तुलसीपुर, २९ जेठ/ तुलसीपुरको क्वारेन्टाईनमा राखेकी एक महिला गएराती भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थि अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ ।

क्वारेन्टाईनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खोजी कार्यकालागि प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

एस अघि पनि क्वारेन्टाईनबाट भागेकी महिलालाई विरुवाको डाँडाबाट फर्खाएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि क्वारेन्टाईनमा श्रीमान र श्रीमति वस्दै आएका छन् । क्वारेन्टाईनमा ६७ जना  छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया