बजेट कोरोना समाप्त पार्ने कुरामा नै केन्द्रित छ : प्रधानमन्त्री ओली

काठमाडौ, २८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेट मूलतः कोरोना समाप्त पार्ने कुरामा नै केन्द्रित भएको दावी गरे । बजेटमाथि सांसदले सोधेका प्रश्नको बुधवार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस पटकको बजेट स्वास्थ्य क्षेत्रमा नै केन्द्रित भएको बताए ।

उनले जनजीवन समान्य बनाउन समाजका अरु पक्षलाई चट्ट बिर्सन नसिकने बताए । बजेट कोरोना भाइरस संक्रमण केन्द्रित हुन नसकेको भन्दै सांसदले प्रश्न उठाएका थिए । ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा उच्च हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताए । तर, यस बीचमा आउने दशैं, तिहारजस्ता चाँडवाडका कारण केही समय फैलन सक्ने पनि बताउनुभयो । सरकारले सुरुदेखि नै चुस्त तयारी गरेकाले संक्रमण नफैलिएको उनको दावी छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया