कालिकोटमा टिप्पर दुर्घटना हुदा दुई जनाको मृत्यु

कालिकोट २८ जेठ ।

कालिकोटको नरहरीनाथ गाउँपालिका लालीघाट बजार नजिकै टिपर दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ । क्षमताभन्दा बढी मानिस बोकेको टिपर दुर्घटना हुदाँ टिपरमा सवार ३८ जना कर्णाली नदीमा खसेका थिए । टिपर नदीमा खसेपश्चात ३४ जनाको स्काभेटरको सहायताले उद्धार गरिएको छ भने दुइ जना वेपत्ता रहेका छन् । बसमा आएका नागरिकलाई झारेर गाउँपालिकाले कर्णाली करिडोरको सडकमा पालिकाकै टिपरमा गाउँसम्म पु¥याउने व्यवस्था मिलाएको थियो ।

बुधवार बिहान १० बजेतिर भारतबाट आएकालाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर लालिघाट नजिकै करिब ५० मिटर तल नदीमा खसेको हो ३८ जना मध्ये ३४ जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार उद्धार गरिएका मध्ये चार जनाको अवस्था गम्भिर छ । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट पु¥याइएको छ ।

तर दुइजनाको अवस्था गम्भिर भएकाले जिल्लामा उपचार हुन नसकेपछी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोलीले हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश राजधानी सुर्खेत पु¥याएको छ । वाँकीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी यक्षराज जोशीले जानकारी दिए । मृत्यु हुनेमा रास्कोट नगरपालीका दुइका २३ वर्षका शर्मिला सार्की र २१ वर्षका ठम्की सार्की रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । बेपत्ताको खोजि कार्यमा अहिले नेपाली सेना र स्थानीय प्रशासन खटिरहेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया