कोरोना जितेर घोराही र लमहीका ७ जना घर गए

तुलसीपुर, २८ जेठ/ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना जितेर ७ जना घर छन् ।

घर जानेमा घोराहीका ३ जना र लमहीका ४ जना  रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सविच डा. सर्वेश शर्माले जानकारी दिए । उनिहरुलाई एक कार्यक्रमा विच घर पठाईएको हो ।

पिसीआर चेक गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको अस्पतलले जानारी दिएको छ । यो संगै कोरोना जितेर घर जानेको संख्या ३२ जना पुगेको छ ।

अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा ३७ जनालाई चिकित्सकको निगरानीमा राखिएको छ । त्यहाँ भर्ना भएका सबैमा  सामान्य लक्षण समेत देखा नपरेको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा ५१ जनासम्म कोरोना संक्रमितलाई राखिएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया