लकडाउन खुकुलो बनाउने विषयमा आजै निर्णय हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई सहज बनाउने विषयमा आजै निर्णय गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लकडाउनका कारण असहल बन्दै गएको मुलुको जनजीवनलाई सहज बनाउने गरी निर्णय हुने जानकारी दिए ।

कोरोना भाईरस परीक्षण गर्न निजी क्षेत्रलाई दिनेरनदिने विषयमा पनि आजै निर्णय हुने प्रधानमन्त्री ओलीले बताए । यसैविच विद्यालय सञ्चालन र परीक्षाको विषयमा पनि निर्णय हुने बताए ।

भारतलगायतका देशबाट फर्काउने पर्ने अवस्थामा रहेका नेपालीलाई क्रमशः ल्याउने व्यवस्था गरिने प्रधानमन्त्रीले जानकारी दिए । विनियोजन विधेयकमाथिका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गरेका हुन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया