यस वर्ष बर्षा सुरु हुन अझैँ केही समय लाग्ने

काठमाडौ,२८ जेठ ।

सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन सुरु हुनुपर्ने भएता पनि यस वर्ष बर्खा सुरु हुन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन सुरु हुने गरेको भए पनि यसपटक १ हप्ताभित्र मनसुन सुरु हुने अनुमान हुनेछ ।

मनसुन सुरु हुनका लागि नेपालको पूर्वी भूभागमा दक्षिण–पूर्वी हावा चल्नुपर्ने जानकारी दिँदै उनले धेरै प्रक्रिया पूरा भइसकेको भए पनि मनसुन नै देखिन एक हप्ता लाग्ने बताईन् । यस वर्ष औसत वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

यसैबीच मौसमविद् कँडेलका अनुसार विशेषगरी सुर्खेत आसपास, गण्डकी र वागमती प्रदेशमा अहिले बदली भएको छ भने थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको छ । बुधवार दिउँसो प्रदेश १, वागमती, गण्डकी प्रदेशमा सामान्य बदली भई थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ । प्रदेश २ का पनि एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया