दाङमा फेरी ६ जना कोरोना संक्रमित थपिए

तुलसीपुर, २७ जेठ ।

दाङमा फेरी ६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा घोराही ४ सवारीकोटका २१, २३, २६, ३२, ३६ र ३७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु सवै भारतको विभिन्न स्थानबाट नेपाल आएको जनाईएको छ । यो संगै दाङमा कोरोना संक्रमित हुनेको संख्या ८६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया