रुकुम घटनाको विरुद्ध तुलसीपुरमा विरोध ¥याली

तुलसीपुर २७ जेठ ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको विरुद्धमा तुलसीपुरमा विरोध ¥याली निकालिएको छ । सयुक्त दलित युवा अभियान दाङको आयोजनामा सोमवार तुलसीपुरको मदन आश्रित चोकबाट सुरु भएको ¥यालीले बजारको विभिन्न भाग परिक्रममा गरी बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रेस माथीको हस्तक्षेप बन्द गर, जातिय विभेद अन्त्य गर, सवैधानिक अधिकार लागु गर, घटनाको निष्पक्ष छानविन गर, पिडित परिवारलाई उचित न्याय दे, दोषिलाई कडा कारवाही गर जस्ता लेखीएका प्लेड कार्ड सहित ¥यालीको आयोजना गरिएको थियो । अभियानका संयोजक खेमराज बिकको अध्यक्षतामा भएको सभामा बोल्ने बक्ताहरुले जातिय विभेदकै कारण भएको नरसंहार घटनाको सत्यतथ्य छानविनको माग गरेका थिए ।

उनीहरुले घटनालाई तोडमोड गर्ने षड्यन्त भईरहेको भन्दै त्यसो हुन नदिनका लागी आफुहरुले राज्यलाई दबाब दिन चरणबद्ध आन्दोलन गरेको बक्ताहरुले बताएका थिए । अभियानका सहसंयोजक सेर बहादुर परियारले सरकारले छानबिनको प्रक्रियामा कन्जुस्याइँ गरेकाले आफुहरु सडकमा आउनु परेको बताए । सभाको सहजीकरण मेघराज सोनिले गरे । ¥यालीमा झन्डै दुई सय जना युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया