दाङमा फेरि थपिए ३ जना कोरोना संक्रमित

 

तुलसीपुर, २६ जेठ / दाङमा  फेरी ३ जना कोरोना संक्रमित थपिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनिहरुमा कोरोना पुष्टि भएको हो । प्रतिष्ठानले दिएको जानकारी अनुसार बंगलाचुली गाउँपालिका –१ निबासी ३१, ४३ र ७० बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ ।

हिजो घोराही र लमहीमा गरेर २ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया