एकै दिन थपिए ३१४ जना कोरोना संक्रमित

 

तुलसीपुर, २६ जेठ / आज थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या अब ३७ सय ६२ पुगेको छ ।

आज थपिएका कोरोना संक्रमित मध्य २ सय ९४ जना पुरुष र २० जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या र मृत्यु दर बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया