कोरोना पोजेटिभ भेटिएका एकको मृत्यु

 श्रीकृष्ण सिग्देल

स्याङ्जा । कोरोना संक्रमण पोजेटिभ भेटिएका वालिङका एकजनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

वालिङ नगरपालिका ३ निवासी ६० बर्षका पुरुषमा आइतवार हिजो साँझ मात्रै कोरोना पुष्टि भएको थियो । जेठ २१ गते राति भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई २२ गते बिहानै पोखरा पठाइएको थियो । बिभिन्न रोगका बिरामी भएको जानकारी पाएपछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।

सुनौलीबाट श्रीमान् श्रीमति मात्रै गाडी रिजर्भ गरेर आएर वालिङको क्वारेटाइनमा एक रात बिताएका थिए । उनमा मृगौला र मधुमेयलगायतका समस्या पहिलेबाट नै भएको बताइएको छ । कोरोना संक्रमणबाट स्याङ्जामा निधन हुने पहिलो व्याक्ति रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया