कोरोनाबाट घोराहीका एक जनाको मृत्यु

तुलसीपुर, २५ जेठ

दाङका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– १८ निबासी ६० बर्षका ती व्यक्तिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोनाबाट मृत्यु  भएकाे   पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

दुई दशक देखि   भारतमा बस्दै आएका उनको शुक्रबार दिउसो २ बजे सत्तरजंग अस्पताल  दिल्लीमा  उपचारका क्रममा   मृत्यु  भएकाे थियो । अन्तिम दाहसंस्कारका लागि शव आज बिहान घोराहीको ल्याइएको थियो ।

मृतकको शवको व्यवस्थापन नेपाली सेनाको रिपुमर्दन गण घोराहीबाट गएको सेनाको टोलीले गरेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सुशील भण्डारीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया