कोरोना परिक्षण गर्न दंगीशरणमा ६३ जनाको स्वाव संकलन

दिप्तिशिखा चौधरी, दंगीशरण , २५ जेठ ।
दंगीशरण गाउँपालिकाको दुई क्वारेन्टाइनका ६३ जनाको स्वाव सङ्कलन गरि पठाईएको छ । विरेन्द्र मा.वि.को क्वारेन्टाइनमा रहेका ३२ जनाको स्वाव र श्री पृथ्वी जनता मा.वि.क्वारेन्टाइनमा रहेका ३१ जनाको स्वाव सङ्कलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारी दिए ।

गाउँपालिकाका दुई क्वारेन्टाइनमा भर्ना भएका अहिलेसम्म पिसिआर विधिबाट चेकजाँच गराएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख गिरिले बताए । विरेन्द्र मावि क्वारेन्टाइनमा अहिले ४९ जना र सिद्ध पृथ्वी जनता माविमा ५४ जना गरि १ सय ३ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया