कोरोना जितेर बेलझुण्डीबाट १० जना घर गए

तुलसीपुर, २५ जेठ

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना जितेका १० जनालाई घर पठाइएको छ । बाँकेको नरैनापुरका ५ जना, बर्दियाका १ , दाङका २ र कपिलवस्तुका २ जनालाई एक कार्यक्रमका बिच विदाई गरिएको अस्पतलाका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

१० जना मध्य ५ जना कोरोना पोजेटिभ देखिएका छन् । उनिहरुले भने १४ दिन आफनै घरमा सेल्प आइसोलेसनमा बस्नु पर्ने छ ।

‘स्वास्थ्य मन्त्रालयको पत्र अनुसार १४ दिन आइसोलेसनमा बसेकालाई विदाई गर्ने र्काविधि छ,’ डा. शर्माले भने –‘ त्यसैलाई टेकेर २२ दिन विताएका ५ जना र अन्य नेगेटिभ रिपोर्ट आएकालाई विदाई गरिएको हो । ’

कोरोना पोजेटिभ देखिएको १० दिनपछि कोरोना भाइरस अर्को व्यक्तिमा नसर्ने र आफै निस्कृय हुने विश्व स्वास्थय संगठनले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया