बेलझुण्डीमा रहेका कोरोना संक्रमितमा कुनै लक्षण छैन !

तुलसीपुर, २५ जेठ / दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका कोरोना संक्रमित बिरामीमा कुनै लक्षण देखा नपरेको अस्पतालले जनाएको छ ।

कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका ५५ जनालाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राखिएको छ । भर्ना भएका कुनै पनि बिरामीमा अहिलेसम्म टाउको, पेट, छाती दुःख्ने या ज्वारो, रुघाखोकी आउने त्यस्तो कुनैपनि प्रकारको लक्षण देखा नपरेको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

त्यहाँ भर्ना भएका बिरामीले पनि आफुलाई कोरोना लागेको अनुभूति समेत नगरेको डा. शर्माले बताए । कोरोना अस्पतालमा दाङ सहित बाँके, कपिलवस्तु, लगाएतका जिल्लाका कोरोना संक्रमित बिरामी छन् । यस अघि ८ जना कोरोना जीतेर देखिएका घर गई सकेका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया