नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौ, २४ जेठ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भए संगै नेपालमा मृत्यु हुनेको संख्या २ पुगेको हो ।

उनी जेठ १८ गते नेपालगञ्ज,सुर्खेत,जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

उनको जेठ २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया