भोलीदेखि यी क्षेत्रमा चल्नेछन् गाडी

काठमान्डौ , २४ जेठ

सरकारले आइतबारदेखि लकडाउन खुकुलो बनाउने भएको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्या‌ैदा तयार पारेको छ ।

मस्यौदा अनुसार हालसम्म १ सय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ । जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ ।

तर, असार १ पछि भने लामो दूरीको यातायात पनि खुलाउने तयारी गरिएको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्वन्धमा यसअघि प्रधामन्त्री विज्ञहरूसँग परामर्श लिएका थिए ।  नेपालले ११ चैतबाट लकडाउन सुरू गरेको थियो । पछिल्लो पटकको म्याद जेठ ३२ सम्म छ ।

यता दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले औपचारीक जानकारी नआएको बताएका छन् । मिडियामा आएको बाह्यक कुनै जानकारी नआएको बताउदै सरकारले त्यस्तो निर्णय गरेर जानकारी आएमा सोही मुताविक काम गर्ने बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया