लकडाउनको मोडालिटि :जेठ २५ गतेदेखी छोटो दुरीका सवारी साधन सन्चालन हुने

काठमाडौ, २३ जेठ ।

कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस कोभिड–१९ का १ सय भन्दा कम बिरामी रहेका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ ।

जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।

सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको हो । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया