दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर, २३ जेठ ।

दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले कोरोना भाईरस भाईरसको आशंकामा लमही नगरपालिका र सुर्खेतबाट नमुना संकलन गरिएका २१५ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दाङका एक जना सहित दुई जनाको रिपोट पोजेटिभ आएको जनाएको छ ।

दाङका संक्रमित हुनेमा लमही नगरपालिका वडा नम्वर ८ का २२ बर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै सुर्खेत सिम्टा गाउँपालिका ६ बस्ने २४ बर्षिय एक पुरुषमा कोरोना देखीएको हो । उनीहरु सवैजना केहि समय अघि भारतबाट नेपाल आएको बुझिएको छ ।यो संगै दाङमा संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया