कर बुझाउने म्याद दुई हप्ता थपियो

काठमाडौ, २१ जेठ ।

आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद आगामी असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सुचना जारी गरेको थियो । यदि तोकिएको समयमा नबुझाए जरिवााना लाग्ने सूचना प्रकाशित थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया