डिएसपीले भने : तुलसीपुर आउँदा लकडाउन हो कि कुम्भ मेला !

तुलसीपुर, २१ जेठ

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहले तुलसीपुर आउँदा लकडाउन हो कि कुम्भ मेला आफै अन्योलमा परेको बताएका छन् ।

तुलसीपुरमा कृयाशील पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रनाउ सिहले ईलाका प्रहरी कार्यालयको जिम्मेवारी पाएर पहिलो पटक तुलसीपुरमा आउँदा लकडाउनको समयमा पनि बजारमा नागरिककको भिडभाड, आवतजावत, सवारी साधन हुँइकिएिको देख्दा आश्चर्यमा परेको बताए ।

‘ जब म बाँकेबाट सरुवा भएर आउँदा लमही हुँदै घोराहीको बाटो तुलसीपुर आँए ,’ प्रनाउ सिहले भने –‘ घोराही व्यवस्थाीत छ । तर जव तुलसीपरको एरिया प्रवेश गरे यस क्षेत्रका बजारहरु फाट्टफुट् खुलेका छन् । झोलाबोक्चा बोकेका कयौं मजदुरहरु मजाले सामाजिक दुरी कायम  नगरेर वीरेन्द्र चोक वरपर बसेका छन् । म त अच्चममा परे । यो लकडाउन हो कि कुम्भ भेला ! ’

कोरोना संक्रमण फैलिन नदिन बाँकेमा भारतबाट आएका नागकिरलाई सिधै निश्चित ठाउँमा राखेर सम्बन्धित जिल्लामा पठाउने गरेको अनुभव सुनाउदै प्रनाउ सिंहले यहाँ पनि त्यस्तो गर्न आवश्यक रहेको बताए ।

लकडाउन खुकुलो बनाउने कि र कडा गर्ने भन्ने विषयमा सबैसंग छलफल गरिरहेको बताउदै उनले अधिकांस नागरिकको भनाईका आधारमा निश्कर्षमा पुग्ने बताए ।

फरक प्रसंगमा उनले बोलेर भन्दा पनि काम गरेर देखाउने बताएका छन् । ‘मैले यो गर्छु भन्दैन । काम गरेर देखाउँछु ,’ प्रनाउ सिंहले भने एक महिनामा अवैध लागुऔषध ओसारपसार नियन्त्रण गर्छु ।’ प्रनाउ सिह बाँकेबाट १९ गते सरुवा भएर तुलसीपुर आएका हुन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया