दाङमा फेरी ८ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर, २० जेठ ।

दाङमा मंगलवार फेरी ८ जना कोरोना संक्रमित भेटिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षण गर्दा बंगलाचुली र राप्ती गाउँपालिकामा संक्रमित पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा दाङका बंगलाचुली, राप्ती गाउँपालिका र प्युठानबाट संकलन भएका १९४ नुमना परिक्षण गर्दा १ सय ८५ जनाको नेगेटिभ आएको छ भने दाङका ८ र प्युठानका एक जाना गरी ९ जनाको कोरोना नतिजा पोजेटिभ आएको कायममुकायम रजिष्टार कैलाश प्रसाद देवले जानकारी लिएका छन् ।

जसमा बंगलाचुली गाउँपालिका ७ का २९ बर्षिय एक पुरुष र वडा नम्वर ५ का पाँच जना पुरुषमा कोरोना देखीएको हो ।उनीहरु सरस्वती मावि जवरकोट र सुडा मावि झेलनेटा क्वारेन्टाईनमा बसेका थिए । यस्तै राप्ती गाउँपालिका १ का १८ बर्षिय एक जना र वडा नम्वर ९ का ५५ बर्षिय पुरुष र प्युठान स्वर्गद्धारी नगरपालिका वडा नम्वर ४ का ५९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

दाङमा कोरोना परिक्षण गर्दा ५१ र दाङका अन्य तिन जना नागरिकको जिल्ला बाहिर कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ देखीएको हो । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ५४ पुगेको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया