बाँकेमा सवारी दुर्घटना :जो एकै परिवारका तिन जनाको अकालमै मृत्यु

तुलसीपुर, २० जेठ ।

बाँकेमा भएको सवारी दुर्घटनामा एकै परिवारका तिन जनाले अकालमै ज्यान गुमाएका छन् । बाँकेबाट दाङ हुदै सल्यान तर्फ आउदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी दुर्घटना मुत्यु भएका १२ जना मध्ये पश्चिम दाङको शान्तीनगर गाउँपालिका ३ पातेटाकुरा निबासी ३२ वर्षीय पूर्णबहादुर पुन, उनकी श्रीमती २७ वर्षीया सीता पुन र उनका छोरा ११ बर्षिय हिमान्सु पुनको मृत्यु भएको थियो ।

उनीहरु भारतबाट नेपाल घर फर्कदै थिए । भारतमा कोरोना भाईरस संक्रमणको माहामारी भएपछि चण्डिगढमा बस्दै आएका उनीहरु घर फर्किदै गर्दा उनीहरु सवार गाडी दुर्घटनामा परेको हो । उनीहरुको शवलाई मंगलवार बेलुका सम्म दाङ ल्याउने तयारी भईरहेको उनका आफन्तीले बताएका छन् ।

राप्तीसोनारी २ अगैया नजिकै ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा भेरी अस्पतलामा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया