हाइस दुर्घटनाका ३३ जनाको रिपोर्ट नेगेटिभ

तुलसीपुर, १९ जेठ

हाइस दुर्घटना सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । मृतक १२ जना र घाईते २१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

गएराती नेपालगंजबाट दाङ हुँदै सल्यानका लागि छुटेको हाईस राप्ती सोनारी गाउँपालिका अन्र्तगत ठुरेको जंगल नजिकै रोकिराखेको ट्रकमा ठोक्कीदा दुर्घटना भएको थियो ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया