तीन बुँदे माग राख्दै डा.केसी भोली र पर्सी अनसन बस्दै

काठमाडौ, १९ जेठ ।

डाक्टर गोविन्द केसीले भोलिदेखि दुई दिन सत्याग्रहमा बस्ने भएका छन्। सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि सत्याग्रह सुरु गर्न लागिएको हो।यसपटकको सत्याग्रह दार्चुला सदरमुकाम खलंगामा हुने छ। यो उनको १८औं पटकको सत्याग्रह हो।

यस्ता छन् मागहरुः
१. दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।
२. भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस्।
३. गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्। हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया