दरबार हत्याकाण्ड १९ वर्ष पुराः घटनाको रहस्य अझै उस्तै

काठमाडौ, १९ जेठ ।

तत्कालिन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा भए पनि त्यसको रहस्य अझै खुलेको छैन ।

हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । यो १९ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य अझै खुलेको छैन ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया