Update २१ घाइेतेको परिचय खुल्यो, मृतकको भने बाँकी

तुलसीपुर, १९ जेठ

गएराती ठुहरिया जंगलमा १२ जनाको ज्यानजानेगरी भएको दुर्घटनामा परि घाईते भएका २१ जनाको परिचय खुलेको छ ।

प्रहरीका अनुसार घाईते हुनेमा दाङको धर्ना – ४ निबासी ४५ बर्षका मेगराज केसी, रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला निबासीा १७ बर्षका सुनिल परियार, सोही ठाउँका २० बर्षका वीरेन्द्र परियार, १८ बर्षका पुरन परियार, तुलसीपुर–२ खैरीपुर निबासी ३९ बर्षका विष्णु गिरी, सोही ठाउँका २३ बर्षका रुपलाल केसी, सल्यानको सारदा नगरपालिका–६ कजेरी निबासी २६ बर्षकी टिका चलाउने, राजपुर गाउँपालिका–६ निबासी २० बर्षका दिपेश चौधरी, रोल्पाको कुरेली निबासी ५२ बर्षका नरबहादुर विक, दाङको राजपुर गाउँपालिका–२ निबासी २१ बर्षका जीवन घर्ती, रोल्पाको मुरु – ८ निबासी ४० बर्षका दिलबहादुर विक, सल्यानको कुपिन्डे गाउँपालिका– ६ निबासी २० बर्षका मिनराज विक, सिद्धकुमाख गाउँपालिका–५ निबासी ४० बर्षका तेजबहादुर बुढाथोकी, छापडाँडा निबासी १८ बर्षका घनबहादुर बोहरा, सिद्धकुमाख–४ चाँदे निबासी २८ बर्षका लोकेश घर्ती, सोही ठाउँका २६ बर्षका शिव भण्डारी, बर्ष १८ का देवेन्द्र खड्का, सोही ठाउँको बर्ष १७ को ज्ञानबहादुुर बोहोरा, २६ बर्षका निमबहादुर वली, कुपेन्डे गाउँपालिका–६ निबासी ५२ बर्षका दिपबहादुर बुढा र दाङको गढवा गाउँपालिका–६ मानपुर निबासी २० बर्षका भरत थापा रहेका छन् ।

घाईते मध्य शिवभण्डारी, देवेन्द्र खड्का, ज्ञानबहादुर बोहोरा र टिका चलाउनेको अवस्था गम्भिर रहेको बाँकेका प्रहरी प्रमुख विरबहादुर वलीले जानकारी दिए । नेपालगंजबाट दाङ हुँदै सल्यानका लागि छुटेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र थप एक जनाको उपचारक क्रममा भेरी अस्पतलामा मृत्यु भएको प्रहरी प्रमुख वलीले बताए । मृतकको  सनाखत भने भएको छैन् ।

किन भएन मृतको पहिचान

‘उनिहरु भारतको विभिन्न ठाउँबाट आएकाले कोरोनाको संक्रमण पनि हुनसक्ने भएकाले परिचयका लागि सुरक्षा सर्तकताविना खानतलासीमा समस्या भएको र टिकट काट्ने सिस्टम नभएकाले पनि समस्या भएको छ ,’ प्रहरी प्रमुख वलीले भने–‘ सनाखतका लागि प्रयास गरिरहेका छौ ।’        फोर्सगाडी नेपालगंजबाट दाङ हुँदै सल्यानका लागि छुटेको थियो ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया