दाङ आउँदै गरेको हाइस दुर्घटना हुँदा ११ जनाको मृत्यु,

शिवु खनाल
दाङ, जेठ १९  / भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको हाइस पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा सवारी दुर्घटना हुँदा  ११ जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार राति सवा १२ बजे भएको दुर्घटनामा परि २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी र नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालको शव गृहमा ल्याइएको छ । मृतकको नाम ठेगाना अझै खुलेको छैन ।।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया