विपन्न परिवारलाई खाद्यान्न सहयोग

शिवु खनाल

दाङ, जेठ १८ / दाङको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर गाउँका अतिविपन्न र विपन्न घर परिवारलाई सोहि ठाउँ निवासी पुरनप्रसाद भट्टराईले व्यक्तिगत रूपमा खाद्यान्न वितरण गरेका छन् ।

लकडाउनले प्रभावित परेका गाउँका एकचालीस जना घर परिवारलाई पैतालिस हजार बराबरको चार कुईन्टल चामल, सहत्तर किलो दाल, एकचालीस पोका नुन, एघार किलो स्वाइविन, तीस लिटर खोने तेल र एकचालीस पिस नुहाउने साबुन वितरण गरेका हुन् ।

शनिवार आफ्नै घरमा बोलाई सामाजिक दुरी कायम गराइ एकचालीस जना अतिविपन्न र विपन्न घर परिवारलाई वितरण गरिएको समाजसेवी पुरनप्रसाद भट्टराईले जानकारी दिए ।

गढवा गाउँपालिका राहत वितरणका संयोजक बिरबहादुर आले, सहयोगी दार्ण केसी, भुपेन्द्र घर्ती, विष्णु सुनार, गोविन्द रोकाको संयुक्त सहभागीमा राहत वितरण गरिएको थियो । यस भन्दा पहिला गाउँमा छाकै टरेका विपन्न घर परिवारको पहिचान गरि राहत वितरण गरेको भट्टराईको भनाइ रहेको छ ।।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया