नेपालमा संक्रमित र मृतकको संख्या बढ्दै

तुलसीपुर, १८ जेठ

नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ।  शनिवार सरकारले १८९ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो।

जसमध्य निको भएर २२० जना घरमा फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया