वडाध्यक्षद्धारा क्वारेण्टाइनमा पिपिइ वितरण

शिवु खनाल

दाङ, जेठ १८  / कोभिड १९ को महामारीले देश तथा बिदेशबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मिहरु, सुरक्षाकर्मिहरु, व्यस्थापक र क्वारेण्टाइनमा रहेका नागरिकहरुलाई गढवा गाउँपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष प्रकाश भण्डारीले आइतवार पिपिइ सेट सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

वडा अध्यक्ष भण्डारी र प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीको समन्वय तथा पहलमा स्वास्थ्य मन्त्रालय तथा सिपि नेपालले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरु आइतबार गढवाका चारवटा क्वारेण्टाइनमा वितरण गरिएको हो । वितरणमा वडा अध्यक्ष भण्डारी, गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारी सहित नागरिक समाजका प्रतिनिधिहरु, रेडक्रसकर्मि, उद्योग बाणिज्यसंघ गढवाका अध्यक्ष तथा पत्रकारको समेत सहभागिता रहेको थियो ।

जस अनुसार गढवा १ को जनता माबि कालाकाटेको क्वारेण्टाइनमा रहेका २ जना स्वास्थ्यकर्मिलाई पिपिए सेट, दुइजना सुरक्षाकर्मि,ब्यवस्थापक र भान्सेहरु तथा क्वारेण्टाइनमा बसेका ७६ जनालाई पुग्नेगरी मास्क वितरण गरिएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिए ।

यसैगरी सरस्वती माबि गोबरडिहाको क्वारेण्टाइनमा रहेका स्वास्थ्यकर्मि लाई पिपिइ सेट,ग्लोब्स,मास्क तथा सेनिटाइजर वितरण गरिएको छ भने क्वारेण्टाइनमा रहेका ४५ जनालाई मास्क वितरण गरिएको छ ।

त्यस्तै मावि चैनपुुरको बिद्यालयमा रहेका ३९ जना नागरिकहरुलाई मास्क तथा क्वारेण्टाइन ब्यवस्थापनमा खटिएका सहित स्वास्थ्यकर्मि र सुरक्षाकर्मिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ भने गढवामा रहेको क्वारेण्टाइनमा कार्यरत स्वास्थ्यकर्मि, सुरक्षाकमि, भान्से तथा ब्यवस्थापकका लागि पनि स्वास्थ्य सामाग्री वितरण गरेको विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।

यसैगरी क्रेयटिभ पोसिबिलिटिज नेपालले पनि ६० हजार बराबरका स्वास्थ्य सामाग्री वडानं. ५ को कार्यालयलाई उपलब्ध गराएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया