तुलसीपुरमा पत्रकार र यातायात मजदुरलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

तुलसीपुर, १८ जेठ ।

तुलसीपुरमा आईतवार यातायात मजदुर र पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । राप्ती मालवाहक यातायात सेवा प्रालि तुलसीपुरले कोरोना भाईरस संक्रमणबाट बच्नका लागी यातायात मजदुर र पत्रकारलाई मास्क, स्यानिटाईजर र ग्लोब्स वितरण गरेको कार्यालयका फिल्ड अधिकृत ईश्वरी प्रसाद गैरेले जानकारी दिएका छन् ।
प्रालिका अध्यक्ष भुवन भुसालले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गदै कोरोना माहामारीबाट बच्न सवैले सुरक्षा उपाय अपनाउनु पर्ने बताएका छन् ।

स्वास्थ्य सुरक्षा बिना यात्रा गर्दा जोखिम हुने भएकाले आफुहरुले यातायात मजदुर पत्रकारहरुका लागी सामग्री वितरण गरेको उनको भनाई छ । कार्यक्रममा प्रालिका सचिव विरज डाँगी, दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसी, प्रालिका सदस्य लोक बहादुर खत्री र शिवराम गौतमको सहभागिता रहेको थियो । स्वास्थ्य सामग्री लिन बाँकी रहेकाहरुलाई पनि आगामी दिनमा उपलब्ध गराउने प्रालिले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया