पुर्व प्रधानमन्त्री भट्टराईले भने म पनि कामी थर लेख्छु

काठमाडौ, १८ जेठ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने प्रस्ताव गरेका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने उनले बताए।

 

रुकुममा जातिय विभेदकै कारण भएको विभत्स हत्या काण्डलाई ईकित गदै डाक्टर घट्टराईले भने श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ । उनले भने ुबरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं,म पनि बाबुराम भट्टराई ुकामीु भनेर लेख्‍न तयार छु।उनले रुकुममा जातीय विभेदका नाममा गरिएको ६ जना युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिए।

साभार थाहा अनलाईन खवरबाट

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया