पश्चिम दाङको पञ्चकुले पनि पुग्यो कोरोना

शिवु खनाल

दाङ, जेठ १६ /दाङमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमण पुष्टि हुनेमा  बबई गाउँपालिका ६ पञ्चकुले निबासी ३० वर्षीय, बंगलाचुली गाउँपालिका एक का २७ वर्षीय, २८ वर्षीय, ३३ वर्षीय र वडा नम्बर ४ का ३८ वर्षीय व्यक्तिमा कोरोना भाईरस संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ्गले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

ति संक्रमित व्यक्तिहरु जिल्ला स्वास्थ्य कार्यालय दाङ र सम्बन्धित क्वारेनटाईनको सम्पर्कमा रहेको बताईएको छ । यो संगै दाङमा कोरोनाको संख्या २५ पुगेको छ ।।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया