चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु

रोल्पा, १६ जेठ ।

चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका ७ बस्ने २१ वर्षीया आशा बुढा र ७५ वर्षीया खिरमाली बाँठा मगर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिएका छन् ।

उनीहरु घरमै बसेको समयमा विहान सवा ११ बजे चट्याङ लाग्दा गम्भिर घाईते भएका थिए । प्रहरीका अनुसार उनीहरुको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया