सामुदायिक वन बाधक बन्दा पाँच करोड फिर्ता, आँखा अस्पताल–हापुर जोड्ने सडक उस्तै

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर १६ जेठ ।
रक्षाचौर आँखा अस्पताल हुदै हापुर घोराही जोड्ने सडक निर्माणमा सामुदायिक वन बाधक बनेको छ । तुलसीपुर ४ को एउटा सामुदायिक बन समुहले अवरोध गरेपछि सडक कालोपत्रेको लागी आएको बजेट फिर्ता भएको छ । आँखा अस्पताल हुदै हापुर घोराही जोड्ने सडक कालोपत्रेका लागी आर्थिक बर्ष ०७६÷०७७ मा पाँच नम्वर प्रदेश सरकारले समपुरक बजेट अन्र्तगत पाँच करोड वजेट विनियोजन गरेको थियो ।
रक्षाचौर आँखा अस्पतालबाट सडक कालोपत्रेको काम सुरु गर्ने योजना बनेता पनि रक्षाचौरमा रहेको गादी बराह सामुदायिक बन समुहले अवरोध गरेपछि बजेट फिर्ता भएको हो ।तुलसीपुर,रक्षाचौर, आँखाअस्पताल ,घोरानेटी ,लामिदमार,सुकिदह,खाद्रे हुँदै हापुर घोराही जोड्ने सडक कालोपत्रेका लागी प्रदेश सरकारले बजेट दिएको थियो ।

तर उक्त बजेट कार्यान्वयन नभई फिर्ता भएको छ । आखाँअस्पताल हुदै हापुर घोराही सडक खण्डमा धेरै सामुदायिक वन समुह भएता पनि पहिलो चरण अन्र्तगत तत्काल कालोपत्रे गर्नका लागी आँखाअस्पताल,घोरानेटी ,लामिदमार,सुकिदह, हुँदै ग्वारखोला सम्मको सर्भे गरी टेण्डर प्रक्रिया अघि बढाउने तयारी गरिएको थियो । त्यसका लागी वडामा दर्जन भन्दा बढि सामुदायिक वन समुह भएकाले उनीहरु संग समन्वय गरी सडक कालोपत्रेको काम अघि बढाउने तयारी गरेपनि वडाका अन्य सामुदायिक सहमत भए पनि गादी बराह सामुदायिक वन समुहले नमानेपछि बजेट कार्यन्वयन हुन नसकेको वडा अध्यक्ष बालकृष्ण रानाले बताएका छन् ।

बजेट कार्यान्वयनका लागी वडाका सवै वन समुह संग बैठक,छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन खोजे पनि गादी बराह सामुदायिक वन समुह सहमत नहुदा समस्या उत्पन्न भएको वडा अध्यक्ष रानाले बताएका छन् । वडाका सम्पुर्ण वन समुहरु संग भएको छलफल पछि ई.आई.ई गर्ने विषयमा वडाबाट पास गरी तुलसीपुर उपमहानगर कार्यपालिकाबाट समेत पास भईसकेको थियो । वडाबासीहरुको आबश्यकता अनुसार उक्त सडक स्तरोन्नती र कालोपत्रे गर्ने आफनो चाहाना भएकाले विगत देखी नै तुलसीपुर उपमहानगरपालिका कार्यालय, प्रदेश सरकार र संघिय सरकार संग पटकपटक पहल गर्दा प्रदेश सरकारबाट बजेट विनियोजन भएता पनि बजेट कार्यन्वयनमा सामुदायिक वन बाधक बनेपछि बजेट फिर्ता भएको अध्यक्ष राणाले बताएका छन् ।

सडक कालोपत्रेका लागी अन्य सामुदायिक वनहरु प्रक्रिया पुरा गर्न सहमत भएता पनि रक्षाचौरमा रहेको गादी बराह सामुदायिक वन समुह असहमत भएको हो । वडा अध्यक्ष रानाले बजेट कार्यन्वयनका लागी वडाका वन समुह संग पटकपटक छलफल, सव डिभिजन कार्यालय संघ भेटघाट तथा छलफल गरेका थिए ।आफुले वन समुहलाई अनावश्यक क्षेति नोक्सानी नहुने गरी बजेट कार्यन्वयन गर्न बारम्बार पहल तथा प्रयास गरेपनि त्यो सम्भव नभएको वडा अध्यक्ष रानाको भनाई छ ।वडा अध्यक्ष रानाले बजेटका लागी आफु र नगरप्रमुख घनश्याम पाण्डले धेरै प्रयास पछि धौ धौका बजेट विनियोजित बजेट कार्यान्वयन नभई फिर्ता हुदा दुःख लागेको बताएका छन् ।

प्रदेश नम्वर ५ का भौतिक योजना तथा पुर्बाधार मन्त्री बैजनाथ चौधरी सहित नेता तथा सांसदहरुले बजेट विनियोजन भएपछि गएको कात्तिक महिनामा स्थलगत अवलोकन समेत गरेका थिए । बषौदेखीको अपुरो रहेको सडक कालोपत्रे हुने आशामा खुसी देखीएका त्यहाका नागरिक बजेट फिर्ता भएपछि अहिले निराश देखीएका छन् ।
जोखिम मोल्न चाहेनौ  :अध्यक्ष बन्जाडे
यता गादी बराह सामुदायिक बन समुहका अध्यक्ष ठाकुर बन्जाडेले सडक निर्माण गर्दा रुख काटेपछि आफुहरु फस्ने डरले जोखिम मोल्न नचाहेको बताएका छन् । आफुहरु विकास विरोधी नभएको बताउदै उनले रुख काटेपछि कसैले मुद्धा हाल्यो भने फस्सिन्छ की भन्ने सोचाईले तत्काल निर्णय दिन नसकीएको बताएका छन् । विगतमा पनि उक्त बन समुहमा धेरै विवादहरु उत्पन्न भएको बताउदै उनले आफुहरु सुरक्षा नहुदा सम्म जोखिम मोलेर बनका रुख काट्ने पक्षमा नभएको बताएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया