८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

तुलसीपुर, १६ जेठ

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई विदाई गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए । उनिहरुलाई अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्मा सहितको चिकित्सकको टोलीले एक बजे  विदाई गरेको हो ।

व्यवस्थापक वलीका अनुसार आज निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना छन् । उ४५ जना मध्य ८ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया