१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको दुवै सदनमा बजेट वक्तव्य प्रस्तुत गर्दै कुल १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

कुल विनियोजन मध्ये चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४.४ प्रतिशत रहेको उनले जानकारी दिए । पुंजिगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३.९ प्रतिशत वित्तिय व्यवस्था तर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात, ११.७ प्रतिशत रहेको जानकारी दिए ।

त्यस्तै, आगामी आर्थिक वर्षमा श्रोत व्यवस्थापन तर्फ राजस्वबाट ८ खर्ब ७९ अर्ब ६२ करोड वैदेशीक अनुदान बाट ६० अर्ब ५२ करोड गर्दा ५ खर्ब ५० अर्ब २४ करोड न्यून हुने र त्यसको पुर्तिका लागि वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड ऋण लिने बताए । त्यति गर्दा पनि अपुग हुने २ अर्ब २५ अर्व आन्तरिक ऋणमार्फत खर्च हुने बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया