दाङका दुई कारागारबाट १७ जना कैदीबन्दी छुटे

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर १५ जेठ ।
१२ औँ गणतन्त्र दिवसको अवसरमा सरकारले देशभरका २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्व लगायतको सजाय माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन । आधा सजाय भुक्तान गरीसकेका, चालचलन ,अनुसासीत जस्ता कैदीको कैद मिनाह गरिएको हो ।

यता दाङको दुई कारागारबाट १७ जनाको कैद मिनाहा भएको छ । कारागार कार्यालय तुलसीपुरका १० र घोराहीका ७ जना कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।जसमा तुलसीपुरबाट दाङका ४ जना, बाँकेका तिन जना, रुपेन्देहीका २ जना र प्युठानका एक जना १० जनाको बाँकी कैद मिनाहा गरिएको जेलर शाखा अधिकृत युवराज परिवारले जानकारी दिएका छन् । कैद मिनाहा हुनेमा ज्यान मुद्धा, डाँका चोरी, हातहतियार खरखजना, सवारी ज्यान, आगो लगाएको र चोरी मुद्धाको सजाय भुक्तानी गरीरहेका थिए ।

यस्तै घोराहीबाट दाङका ५ जना र रुकुमका २ जना रहेका छन् । उनीहरु मध्ये ६ जना कर्तव्य ज्यान र एक जना सवारी ज्यान मुद्धामा कैद भैक्तानी गरीरहेका थिए । उनीहरुको बाँकी कैद मिनाहा भएको जेलर विष्णु पाण्डेले जानकारी दिएका छन् ।नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भई १३ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले यो दिवस अनौचारिक रुपमा मनाएका छन् । जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया