सुनचाँदी व्यवसायी संघद्धारा दोषिमाथी कडा कारवाहीको माग

दाङ, १५ जेठ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटना प्रति दाङ तुलसीपुर सुनचाँदी व्यवसायी समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । २१ औँ शताब्दीमा पनि अन्र्तजातिय प्रेम सम्वन्धलाई लिएर भएको घटना प्रति निन्दा तथा दुःख व्यक्त गदै समितिले दोषि माथी कडा कारवाहीको माग गरेको छ ।

समितिका अध्यक्ष मदन केसी र महासचिव हरिकृष्ण विकले विहिवार एक विज्ञप्ती जारी गदै घटनालाई कुनै राजनितिकीकरण नगरी सत्यतथ्य छानविनको माग समेत गरिएको छ ।

गएको जेठ १० गते शनिवार भएको घटनामा परि जाजारकोट भेरी नगरपालिका वडा नम्वर ४ राणागाउँका २१ बर्षिय युवक नवराज विक सहित चार जनाको शव फेला परेको छ भने अझै जना वेपत्ता भएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया