हस्नापुर , ३ जेठ
निर्वाचन प्रचारप्रसारका लागि तुलसीपुर उपमहानगरपालिका ११ को हस्नापुरमा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । स्वर्गीय नेता श्रीमनी आचार्यको घरमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टीकाराम खड्काले चुनाव जित्नका लागि अर्जुन दृष्टि आवश्यक रहेको बताए । घरमा हैन अव जनताको घरदैलोमा गएर एमालेले अघि सारेका सामाजिक, आर्थिक, सांस्कृतिक कुरालाई बुझाउनु पर्ने बताए ।
देशका विभिन्न ठाउँमा एमालेको अग्रताले एमालेप्रति जनलहर छ भन्ने कुरालाई पुष्टि गरेको बताउदै एमाले देशको पहिलो पार्टी बन्ने अध्यक्ष खड्काले दाबी गरे । दाङमा पनि हरेक वडा , गाउँपालिका, नगरमा एमालेलाई जिताउन सवै नेताकार्यकतालाई संगठित रुपमा लाग्न उनले समेत आग्रह गरे ।
सो अवसरमा जिल्ला कमिटी सचिव हिराचन्द्र केसी, एमालेका नेता द्धोय शोभाराम बस्नेत, गिरीराज केसी, तुलसीपुर नगरपालिकाका पूर्व उपमेयर घनश्याम पाण्डे, प्रस्तावित उपमेयर मायाँ आचार्य, उ११ नम्बर वडा अध्यक्षका उम्मेदवार भागीराम चौधरी, एमाले जिल्ला सचिवालय सदस्य विनोद शर्मा, सदस्य पदका उम्मेद्वार लोकजंग शाह, लालमणी आचार्य लगाएतले बोलेका थिए । एमाले जिल्ला सचिवालय सदस्य मानबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन छोटीलाल चौधरीले गरेका थिए ।