रुकुम हत्याकाण्ड ,थप एक जनाको शव फेला

दाङ, १४ जेठ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका एक जनाको शव फेला परेको छ । घटना भएको चार दिनपछि जाजरकोटको भेरी नगरपालिका ९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा बुधवार दिउँसो भेटिएको हो। उक्त घटनामा परेका अझै दुई जना बेपत्ता छन्। शसस्त्र प्रहरीको गोताखोर टोलीले ती युवकको शव फेला पारेको हो। गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो।

लोकेन्द्रको शव घटनास्थल भन्दा करिब ७ किलोमिटर पर चौरजहारी नगरपालिका १ अधेरेस्थित भेरी नदिमा भेटिएको शसस्त्र प्रहरी बलले जनाएको छ।घटनामा यसअघि तीन जनाको शव भेरी नदिमै फेला परेको छ। जाजरकोट भेरी नगरपालिका ४ रानागाउँ बस्ने २१ बर्षिय नवराज विकले प्रेमिका सोतिकी सुस्मा मल्ललाई लिन गाउँका १९ जना लिएर शनिबार साँझ गाउँ पुगेका थिए।

उनिहरुलाई केटी पक्षका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गरेका थिए ।नवराजको घटना भएको दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनी भेटिएको थियो। अर्का युवक भेरी नगरपालिका–४ का गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शब फेला परेको प्रहरीले जनाएको छ । अझै भेरी नगरपालिका–११ का गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् । उनीहरुको पनि खोजी भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया