घोराही र लमहीमा १५ जना कोरोना संक्रमित

तुलसीपुर, १४ जेठ

दाङमा १५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणका क्रममा घोराही र लमहीका गरि १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

यसको औपचारीक घोषणा ४ बजे गर्ने सूचना आफुले पाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

यसैबिच कोरोना संक्रमितलाई आजै बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लग्ने तयारी पनि भएको अस्पताले जानकारी दिएको छ । यद्यपी कोरोना संक्रमितको संख्या बढ्न सक्ने पनि आंकलन गरिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया