
तुलसीपुर, १३ जेठ
कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका कोरोना संक्रमित १६ जना मध्य ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
१६ जनाको स्वाब परीक्षण गर्दा बाँकेका ३ जना, कपिल वस्तुका ४ जना र दाङको गढवाका एक जनामा नेगेटिभ रिपोर्ट आएको कोरोना विशेष अस्पतालका व्यवस्थापक हे.अ. दोर्णबहादुर वलीले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएको ७ दिन पछि उनिहरुको स्वाब परीक्षणका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा जेठ ९ गते लगिएको थियो ।
व्यवस्थापक वलीका अनुसार नेगेटिभ रिपोर्ट आएका ८ जनाको स्वाब पुनः दुई दिन पछि परीक्षण गर्दा नेगेटिभ आएमा घरमा पठाइने छ । पोजेटिभ रिपोर्ट आएकाको हकमा भने पुनः सात दिनपछि कोरोना परीक्षण गरिने छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार