चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिए

काठमाडौ, १३ जेठ ।
सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । गत जेठ २ गते यता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् ।कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतकाअनुसार मंगलबार एकैदिन यो नाकाबाट ५०१३ जना नेपाल भित्रिएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए ।प्रदेशको पहाडि जिल्लाका सीमा नाकाबाट पनि नागरिक नेपालभित्रिरहेका छन् । बैतडीकाको झुलाघाट नाकाबाट पनि ३७८ जना आएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।उनीहरु सवैलाई सम्वन्धित स्थानिय तहको क्वारेटाईनमा राख्ने गरी समन्वय भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया