रुकुम हत्याकाण्ड : सांसदले ससंद तताए,सांसदहरु विच भनाभन

काठमाडौ, १३ जेठ ।

रुकुम चौरजहारीमा भएको घटनाको विषयलाई लिएर संसद बैठकमा सांसदहरुले सरकारको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । जाजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ वर्षका नवराज विक र रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का सुस्मा मल्ल बीचमा भएको प्रेम सम्वन्ध र विवाहको विषयलाई लिएर संसदमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुबीचमा भनाभन समेत भएको छ ।

काँग्रेस सांसदहरुले जनप्रतिनिधि नै हत्यामा संलग्न भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । सत्ता पक्षका सांसदहरुले पनि घटनाको विरोध गरेका छन् । नेकपाका सांसद जनार्दन शर्माले आफ्नो क्षेत्रमा भएको घटनालाई ढकाछोप गर्ने हिसाबले संसदमा प्रस्तुत हुन थालेपछि दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विरोध गरेका हुन् । काँग्रेसका सबै सांसदहरुले विरोध जनाएपछि संसदमा एकछिन तनाव समेत भएको थियो ।

त्यसपछि गृहमन्त्री रामबहादुर थापाले घटनाको बारेमा जानकारी दिदै सत्थ्य तथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसअघि काँग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरे । उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरे । त्यस्तै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निष्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।

यस्तैगरी सांसद विमला विश्वकर्मा, विमला विक र जनार्दन शर्माले घटनाको सत्यतथ्य छानविन गर्न माग गदै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिएसांसदहरुले गृहमन्त्रीसंग जवाफ माग गरेपछि गृहमन्त्री थापाले घटनाको विषमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । दुई पक्षबीचमा झडप भएको भन्दै मन्त्री थापाले नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेरी नदीको बीच भागमा फेला परेको उनले बताएका थिए ।यस्तै घटनामा सलग्न भएको आरोपमा युवती, युवतीका बुवा, आमा र प्रत्यक्षदर्शी गरी १२ जनालाई प्रहरीले नियन्त्रण लिएर छानबिन अगाडी बढाएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया