सर्पको टोकाईबाट बिरामी बालक डिस्चार्ज

तुलसीपुर, १३ जेठ

सर्पको टोकाईबाट बिरामी परेका पश्चिम दाङका एक बालक उपचारपछि घरमा फर्किएका छन् ।

बिरामी परेका बबई गाउँपालिका–४ गौरीगाउँ निबासी ११ बर्षका बालक मोतिलाल वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किएका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

बिरामी बालकलाई घरमा सुतिरहेको बेला राति १ बजे दायाँहातमा सर्पले टोकेको थियो ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया