रुकुम पश्चिमको घटना अपडेट: वडाअध्यक्षसहित १२ जना प्रहरी हिरासतमा

काठमाडौ, १३ जेठ । रुकुम पश्चिमको दर्दनाक घटनामा संलग्न भएको आरोपमा वडाअध्यक्षसहित १२ जना प्रहरी हिरासतमा छन् । गृहमन्त्री रामबहादुर थापाले जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती भन्ने ठाउँमा गएको शनिवार साँझ भएको जातिय हिंसाको घटनामा युवतीसहित उनका बुबा,आमा , वडा अध्यक्ष डम्बर बहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्ल सहित १२ जनालाई प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।

किटानी जाहेरी नआएको भन्दै घटनामा संलग्न वडा अध्यक्षलाई छोडिएको भन्ने सांसदहरुको प्रश्नमा उनले अहिले सम्म वडा अध्यक्ष प्रहरी हिरासतमा नै रहेको स्पष्ट पारे ।उक्त घटनामा परि ज्यान गुमाएका तिन जनाको शव फेला परीसकेको छ । अझै तिन जना बेपत्ता भएका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया