बेलझुण्डीमा संक्रमितको संख्या २७ पुग्यो

तुलसीपुर, १३ जेठ

कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

बर्दिया र अर्घखाँचीबाट ५ जना थपिएपछि अस्पतालमा उपचार गर्नेको संख्या २७ पुगेको हो ।

कोरोना विशेष अस्पतालमा अहिले बाँके, बर्दिया, कपिलवस्तु, दाङ र अघखाँचीका कोरोना संक्रमित छन् । ती सबैको अवस्था सामान्य रहेका अस्पतालले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया